SHARE
अन्नपूर्ण · आइबार​ ३० कात्िक २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

कर्णाली याक्सले चितवन राइनोजविरुद्ध टस जितेर ब्याटिङ गर्ने

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको लिग चरणको २७ औं खेलमा कर्णाली याक्सले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ। त्रिवि क्रिकेट स्टेडियममा लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सका कप्तान डेविड मिलरले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन्। टस हारेर चितवनले बलिङ गर्ने निम्तो पाएको छ। चितवन र कर्णाली दुवैको यो लिग चरणको अन्तिम खेल हो। चितवन राइनोज एक खेल अगावै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ। कर्णाली याक्स भने प्लेअफ समीकरणबाट बाहिरिइसकेको छ।