SHARE
अन्नपूर्ण · आइबार​ ३० कात्िक २०८३ १२:०० PM · 1 मिनेट पढाइ

विद्यार्थी उत्तीर्ण दर ९ प्रतिशतबाट बढेर ७५ प्रतिशत पुग्यो

तानसेन : तीन वर्षअघि कक्षा ८, १० र १२ मा न्यून उत्तीर्ण दरका कारण शैक्षिक उपलब्धिमा पछाडि देखिएको पाल्पाको रिब्दीकोट गाउँपालिकाले छोटो अवधिमै उल्लेखनीय सुधार गरेको छ। गाउँपालिकाको निरन्तर लगानी, विद्यालयको शैक्षिक वातावरणमा सुधार, शिक्षक प्रोत्साहन र विद्यार्थीको सिकाइ उपलब्धिमा केन्द्रित कार्यक्रमका कारण तीनवटै तहको उत्तीर्ण दरमा उल्लेखनीय वृद्धि भएको हो।