मनोज गजुरेललाई प्रश्नः तपाईं पक्राउ परेको प्रकरण के हो ?
काठमाण्डु– चर्चित हाँस्य अभिनेता मनोज गजुरेल र अभिनेत्री गौरी मल्ल पक्राउ परेको भन्ने विषयले सामाजिक सञ्जाल तातियो ।प्रतिष्ठित कलाकारलाई बर्दीधारी प्रहरीले घिच्याउँदै भ्यानमा हालेको भिडियो सार्वजनिक भएपछि सञ्जाल नतात्नुपर्ने कारण पनि थिएन । तर, घटनाको वास्तविकता बाहिर बुझिएभन्दा फरक थियो ।