SHARE
अन्नपूर्ण · आइबार​ ३० कात्िक २०८३ ११:०० AM · 1 मिनेट पढाइ

नवौं मध्यपूर्व क्षेत्रीय सम्मेलनको तयारी तीव्र

साउदी : अरब गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको विभाजन अन्त्य गरी भावनात्मक एकता कायम गर्ने प्रयाससँगै नवौं एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलन–२०२६ को तयारी तीव्र पारिएको छ। आगामी डिसेम्बर ११ र १२ मा कतारको राजधानी दोहामा हुने सम्मेलनलाई ‘सहयात्रा’ अवधारणामार्फत मध्यपूर्वका नेपाली    श्रमिक, सामाजिक संघ–संस्था र उद्यमीको साझा अभियान बनाउने तयारी गरिएको हो।