भोटेकोशी बाढीमा बेपत्ता सबै ‘मृतक’
काठमाडौं : गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी लेदोसहितको बाढीमा परी बेपत्ता भएका नागरिकलाई सरकारले औपचारिक रूपमा ‘मृतक घोषणा’ गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ। बाढी गएको महिनौंसम्म निरन्तर खोजी गर्दा पनि शव फेला पर्न नसकेका कारण पीडित परिवारहरूले कानुुनी, प्रशासनिक र आर्थिक जटिलता झेल्दै आएका थिए।