SHARE
अन्नपूर्ण · शनिबार २९ कात्िक २०८३ ११:०० PM · 1 मिनेट पढाइ

१८ मुस्लिम देशद्वारा इजरायली आक्रमणको कडा निन्दा

काठमाडौँ : गाजाको खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्सलाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमणको पाकिस्तानसहित १८ मुस्लिम देशले कडा निन्दा गरेका छन् ।शनिबार कतारको विदेश मन्त्रालयले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको संयुक्त विज्ञप्तिमा ती देशले आक्रमणको विरोध गर्दै यसलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन भनेका छन् । बीबीसीका अनुसार विज्ञप्तिमा १८ देशका विदेशमन्त्रीले हस्ताक्षर गरेका छन् ।