SHARE
अन्नपूर्ण · शनिबार २९ कात्िक २०८३ १०:०० PM · 1 मिनेट पढाइ

गगन थापाकै कारण चुनावमा कांग्रेसको सिट संख्या खुम्चियो : डा. महत

नुवाकोट : नेपाली कांग्रेस (देउवा पक्ष) का नेता एवं पूर्वमन्त्री डा. प्रकाशशरण महतले गगन थापाकै कारण गत चुनावमा कांग्रेसको सिट संख्या खुम्चिएको बताएका छन्।शनिबार नुवाकोट क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशनको उद्घाटन गर्दै महतले पार्टीको मर्म र भावना नबुझ्नेहरूका कारण चुनावमा कांग्रेस कमजोर भएको उल्लेख गरे। कांग्रेसको विशेष महाधिवेशनबाट आएका सभापति थापाप्रति लक्षित गर्दै उनले प्रतिनिधि सभामा सिट सीमित हुन पुग्नु दुर्भाग्यपूर्ण रहेको बताए।