SHARE
अन्नपूर्ण · शनिबार २९ कात्िक २०८३ ०९:०० PM · 1 मिनेट पढाइ

नुवाकोटमा हराइरहेका बालकको शव खोलामा फेला

नुवाकोट :  नुवाकोटको पूर्वी भेगमा रहेको तादीखोलामा शनिबार बेलुकी एक बालक मृत अवस्थामा फेला परेका छन्।उनी शुक्रबारदेखि घरबाट हराइरहेका थिए। पञ्चकन्या गाउँपालिका–२, बेसीकठेरीस्थित तादीखोलामा ५ वर्षीय सज्जल राई मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। शुक्रबार बेलुकी ४ बजेदेखि हराइरहेका राईको शव फेला परेपछि विशेष रूपमा अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दिए ।राईको शव घरदेखि चार सय मिटर तल फेला परेको हो।