SHARE
अन्नपूर्ण · शनिबार २९ कात्िक २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

२७ लाख खर्च गरेर सजाइयो घडीअर्वा छठघाट (तस्बिर)

वीरगन्ज : छठपूजामा सजावटका लागि नेपालमै प्रसिद्ध रहेको वीरगन्जको घडीअर्वा पोखरी छठघाटको सम्पूर्ण तयारी पूरा भएको छ।छठपूजा व्यवस्थापन समितिले शनिबार साँझ पत्रकार सम्मेलन गरि यस बारे जानकारी गराएको हो। पत्रकार सम्मेलनमा समितिका कोषाध्यक्ष कन्हैयालाल गुप्ताले छठघाटको व्यवस्थापन र सजावटको सबै काम पुरा भएको जानकारी गराए। उनले यसपालि छठघाटको सजावट र व्यवस्थापनमा गरि २७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए।