पार्टी र सरकारबीच कुनै पनि विवाद र समस्या छैन : सभापति लामिछाने
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै पनि विवाद र समस्या नरहेको बताएका छन्।शनिबार जनकपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सभापति लामिछानेले कहिलेकाहीँ सरकारलाई केही सल्लाह, सुझाव र आलोचना गर्दा निकै ठूलो हल्लाखल्ला हुने गरेको उल्लेख गरे। हल्लामा विश्वास नगर्न आग्रह गर्दै उनले सरकार आफैँले गरेको बाचा पूरा गर्ने काममा तल्लीन भएर लागीपरेको बताए।