मधेशमा नयाँ सरकार गठन प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखले दिए मंसिर ४ सम्मको समय
जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत पाउने अवस्था नरहेको निष्कर्षसहित शनिबार पदबाट राजीनामा दिएका छन्। प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले उनको राजीनामा स्वीकृत गरेसँगै शनिबार नै नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएका छन्।