मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिए राजीनामा
जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत नलिँदै राजीनामा दिने घोषणा गरेका छन् । शनिबार बसेको प्रदेशसभा बैठकमा सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् । गत मंसिर १९ गते मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त नेपाली कांग्रेसका संसदीय दलका नेता समेत रहेका यादवले विश्वासको मत पाउने अवस्था नदेखेपछि राजीनामा घोषणा गरेका हुन् ।