SHARE
अन्नपूर्ण · शनिबार २९ कात्िक २०८३ ११:०० AM · 1 मिनेट पढाइ

राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी, ६० लाख बराबर क्षति

भक्तपुर : भक्तपुरको मध्यपुर थिमि-५ स्थित प्रजापति कम्प्लेक्समा लागेको आगो नियन्त्रणमा आएको छ । बिहान करिब ८ बजे कम्प्लेक्सको माथिल्लो तलामा अचानक आगलागी भएको थियो । जुद्ध बारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा करिब एक घण्टामा आगो निभाइएको घरधनी गणेशराज प्रजापतिले बताएका छन् ।