कोपमा चुक्यो नेपाल,‘हरायो’ हिमाल!
काठमाडौं : विश्व जलवायु सम्मेलन (कोप–३१) मा नेपालले हिमालको एजेन्डा प्रमुख वार्ताहरूमा समावेश गर्ने प्रयास गरे पनि सफल हुन सकेन। नोभेम्बर ९ देखि टर्कीको अन्ताल्यामा सुरु भएको कोप–३१ मा सरकारले हिमालका मुद्दा स्थापित गर्ने दाबी गरिरहेको थियो।तर, हिमालको विषय कोपको मुख्य एजेन्डा बनाउन सरकारले पर्याप्त प्रयास नगरेको भन्दै आलोचना भइरहेको छ।