मधेस प्रदेशसभा बैठक भोलि दिउँसो १ बजेदेखि बस्ने
जनकपुरधाम – मधेस प्रदेशसभा बैठक भोलि शनिबार दिउँसो १ बजेदेखि बस्ने गरी आह्वान गरिएको छ । मधेस प्रदेश सरकार (मन्त्रिपरिषद्)को शनिबार बसेको बैठकको निर्णयअनुसार प्रदेशसभा आह्वान गर्न सिफारिस भएपछि प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।