SHARE
अन्नपूर्ण · शुक्रबार​ २८ कात्िक २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

गृहमन्त्री गुरुङ युएई भ्रमणमा

काठमाडौं : गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन्। दुबईमा आयोजना हुन लागेको विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गुरुङ आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका छन्। सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधिको विकास तथा अपराध नियन्त्रणका नवीनतम अभ्यास आदानप्रदान प्राथमिकतामा रहने गरेको छ।