दोहोरो रन नजोड्दै ४ विकेट गुमाएको सुदूरपश्चिम दबाबमा, काठमाण्डुको कसिलो बलिङ
काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार जारी खेलमा काठमाण्डु गोर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सले कमजोर सुरुआत गरेको छ । काठमाण्डुले टस जितेर पहिले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले २.३ ओभरमै चार विकेट गुमाएको थियो । त्यसबेला टोलीको स्कोर जम्मा ८ रन थियो ।