भीमफेदी दुर्घटनामा छठ मनाउन घर हिँडेका एकै परिवारका छ जनाले गुमाए ज्यान
हेटौँडा- मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा बिहीबार बिहान भएको विद्युतीय माइक्रोबस दुर्घटनामा एकै परिवारका छ जनाले ज्यान गुमाएका छन्। यो दुर्घटनामा अहिलेसम्म १४ जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताएका छन्। दुर्घटनामा चालकसहित २० जना सवार थिए।