SHARE
काठमाण्डुपाटी · बिहीबार २७ कात्िक २०८३ ०९:५५ AM · 1 मिनेट पढाइ

भीमफेदीको चिसापानीगढीमा गाडी दुर्घटना अपडेट : सवारमध्ये १४ जनाको मृत्यु, ६ जना घाइते

हेटौंडा – मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा बिहीबार बिहान भएको विद्युतीय गाडी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार दुर्घटनामा ६ जना घाइते भएका छन्। चालकसहित २० जना सवार गाडी सडकबाट करिब ७०० मिटर तल खसेको सशस्त्र प्रहरी बलले जनाएको छ। बिहान करिब ६:१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको गाडी दुर्घटनामा परेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी