SHARE
काठमाण्डुपाटी · बुधबार २६ कात्िक २०८३ ११:४८ AM · 1 मिनेट पढाइ

अकस्मातको वर्षाले बालगोपालेश्वरको भाइटीका प्रभावित

काठमाण्डु – अकस्मातको वर्षाले काठमाण्डुको रानीपोखरीस्थित बालगोपालेश्वरको भाइटीका प्रभावित भएको छ । बुधबार बिहानैदेखि बालगोपालेश्वर मन्दिमा दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूको भाइटीका लगाउने भीड थियो । अपराह्न अकस्मात पानी परेपछि मन्दिर परिसरमा टीका लगाउन असहज भएको बालगोपालेश्वर पुगेका भक्तजन रामजी नेपालले जानकारी दिए । वर्षा जारी रहेकाले मन्दिर परिसरमा भक्तजनको उपस्थिति पातलो देखिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी