सशस्त्र प्रहरीले आज निःशुल्क बस चलाउँदै (रुटसहित)
काठमाण्डु- भाइटीकाको दिन सशस्त्र प्रहरी बल, नेपालले बुधबार काठमाण्डु र भक्तपुरमा सर्वसाधारण यात्रुलाई सहज आवतजावतका लागि ३ वटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ । सर्वसाधारणलाई आवतजावतमा सुविधा पुर्याउने उद्देश्यले सशस्त्र प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको हो ।