जुवातास खेल्दाखेल्दै ११० जना पक्राउ
काठमाण्डु – प्रहरीले देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेका ११० जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बूढानीलकण्ठ नगरपालिका–६ टनागाउँबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–८ बस्ने ४५ वर्षीय राजेश नगरकोटीसहित १० जनालाई पक्राउ गरेको हो ।