गोर्खा सैनिकको इतिहास झल्काउने ग्यालरी स्थापना
गण्डकी – भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल पोखराले भारतीय सेनाका गोर्खा रेजिमेन्टहरूको इतिहास झल्काउने ग्यालरी स्थापना गरेको छ । पोखरा महानगरपालिका–१६ दीपस्थित गोर्खा मेमोरियल म्युजियममा स्थापित ग्यालरीको हालै भारतीय राजदूतावासका डिफेन्स एटाचे कर्णेल भी शुब्रमण्यमले शुभारम्भ गरेका थिए ।