सुरक्षाका सारथि कुकुरको पूजा, देखाए आफ्नो क्षमता (फोटोफिचर)
काठमाण्डु– कुकुर तिहारका अवसरमा बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको पशु स्वास्थ्य तथा डग ह्यान्डलर उपशाखामा विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा तालिमप्राप्त कुकुरहरूले अपराधीको खोजी, विस्फोटक पदार्थ तथा हातहतियार पहिचान र विपद्का बेला खोज तथा उद्धारसम्बन्धी सीप प्रदर्शन गरेका थिए।