ह्वाइट हाउसमा ट्रम्पले मनाए दीपावली, भारतीय उद्यमीले दिए हनुमान चालिसा उपहार
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित दीपावली समारोहमा सहभागी हुँदै दीप प्रज्वलन गरेका छन् । दीपावलीको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति ट्रम्पले ओभल अफिसमा दीप बालेर समारोहको सुरुवात गरेका हुन् ।