ठमेलमा व्यवसायको नाममा पर्यटकमाथि ठगी गर्ने प्रवृत्ति बढ्दो, २२ जनालाई कारबाही
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा व्यवसायको नाममा पर्यटकलाई ठगी गर्ने २२ जनालाई कारबाही गरेको छ । जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, पर्यटक प्रहरी, नगर प्रहरी, ठमेल पर्यटन विकास परिषद्ले गएराति संयुक्त रुपमा ठमेल क्षेत्रमा गरेको अनुगमनमा पर्यटकलाई ठगी गर्नेलाई कारबाही गरेको हो ।