SHARE
लोक पथ · मङगलबार ९ मंिर २०८३ ०१:२० PM · 1 मिनेट पढाइ

एआईको जोखिमबारे विश्वव्यापी चिन्ता ! यूएनका महासचिव गुटेरेसले देखाए चासो

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को बढ्दो जोखिम व्यवस्थापन गर्न स्वतन्त्र र विश्वसनीय निगरानीसहितको अन्तर्राष्ट्रिय ढाँचा निर्माण गर्न आह्वान गरेका छन् । उनले एआई प्रणालीको सुरक्षा मूल्याङ्कन तथा यसको सुरक्षित र जिम्मेवार प्रयोग सुनिश्चित गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका छन् ।