SHARE
अन्नपूर्ण · शनिबार २२ कात्िक २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

सिन्धुलीमा अटो दुर्घटना : गर्भवतीसहित ७ घाइते, ६ जनाको अवस्था गम्भीर

सिन्धुली : सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ गुर्जीमा शनिबार दिउँसो अटो दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन्। झनझनेबाट मकवानपुरको झुरझुरेतर्फ जाँदै गरेको लु.प्र.०१-००१ स ८१४० नम्बरको अटो दिउँसो १:३० बजे अनियन्त्रित भई सडकबाट करिब १५ देखि २० मिटर तल खेतमा खस्दा ६ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।