दुईतिहाइको दम्भमा सरकार लोकतन्त्र खोस्न खोज्दैछ : कांग्रेस महामन्त्री पन्त
काठमाण्डु– नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौला पन्तले वर्तमान सरकार दुई तिहाइको दम्भमा प्रश्न गर्नेहरूलाई लखेट्ने र खेद्ने काममा लागेको आरोप लगाएकी छन्। सरकार सत्ता कब्जा गर्दै लोकतन्त्र हरण गर्ने बाटोमा अघि बढेको भन्दै उनले त्यसविरुद्ध कांग्रेस सडक आन्दोलनमा उत्रिनसमेत पछि नपर्ने चेतावनी दिइन्।