SHARE
लोक पथ · शनिबार २२ कात्िक २०८३ ०६:४५ AM · 1 मिनेट पढाइ

तिहारमा दुई दिन काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने

काठमाडौं । तिहार पर्वका कारण काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य दुई दिन प्रभावित हुने भएको छ । काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार कात्तिक २४ र २५ गते उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बन्चरेडाँडामा फोहोर व्यवस्थापनको काम बन्द रहनेछ ।