SHARE
अन्नपूर्ण · शनिबार २२ कात्िक २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

बाँझो जमिनमा ढकमक्क फूल

तानसेन  : बाँझो, प्रयोगविहीन जमिनलाई सदुपयोग गर्दै कृषि व्यवसायबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२ का आमा इन्दिरा र छोरा खिमराज कोइरालाले प्रस्तुत गरेका छन्। उनीहरूले चार रोपनी बाँझो जमिनमा व्यावसायिक फूल खेती सुरु गरेर यस वर्षको तिहार तथा दीपावलीको मौसममा करिब ६ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका छन्।