SHARE
अन्नपूर्ण · शुक्रबार​ २१ कात्िक २०८३ ०८:०० PM · 1 मिनेट पढाइ

संकटमा मधेस सरकार, नेकपाले पनि छोड्यो मुख्यमन्त्रीको साथ

जनकपुरधाम : मधेस प्रदेश सरकार फेरि संकटमा परेको छ। नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी नेकपा र नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएपछि मधेस सरकार अल्पमतमा परेको हो। सरकारबाट बाहिरिने निर्णय गरेको नेकपाका मन्त्रीहरूले शुक्रबार पदबाट राजीनामा दिएका छन्। नेकपाका मन्त्रीहरूले शुक्रबार प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका हुन्।