प्रहरी अधिकृतको भूमिकामा रेखा थापा, ‘३६ को आँकडा’को टिजर सार्वजनिक
काठमाण्डु– अभिनेत्री रेखा थापा प्रहरी अधिकृतको भूमिकामा देखिने भएकी छन्। उनको अभिनय रहेको चलचित्र ‘३६ को आँकडा’को टिजर सार्वजनिक भएको छ। टिजरमा प्रहरी अधिकृतको पोशाकमा देखिएकी रेखाको गम्भीर हाउभाउ र आत्मविश्वासपूर्ण प्रस्तुतिले दर्शकको ध्यान खिचेको छ। न्यायका पक्षमा दृढतापूर्वक उभिने प्रहरी अधिकृतको भूमिकामा उनको अभिनय देख्न सकिन्छ।