SHARE
अन्नपूर्ण · शुक्रबार​ २१ कात्िक २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

सुदूरपश्चिम रोयल्सको तेस्रो जित, कर्णालीका लागि पर्याप्त भएन मिलरको आक्रामक ब्याटिङ

काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको १६औं खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध ३९ रनको जित दर्ता गरेको छ। ४ अंक लिएर  छैटौं स्थानमा रहेको सुदूरपश्चिम रोयल्स तेस्रो जितको साथमा ६ अंक लिएर दोस्रो स्थानमा उक्लिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले ६ विकेटको क्षतीमा १७६ रन बनाएको थियो।