SHARE
अन्नपूर्ण · शुक्रबार​ २१ कात्िक २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

CHERY Q नेपालमा औपचारिक रूपमा सार्वजनिक

काठमाडौं : नेपालका लागि CHERY Q गाडीहरूको आधिकारिक वितरक Pioneer Moto Corp Pvt. Ltd. ले आफ्नो नयाँ विद्युतीय क्रसओभर CHERY Q नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। आधुनिक प्रविधि, प्रिमियम आराम र अत्याधुनिक सुरक्षा सुविधासहित सार्वजनिक गरिएको CHERY Q ले नेपालको बढ्दो विद्युतीय सवारीसाधन बजारमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।CHERY Q को लम्बाइ ४,१९५ मिमी, चौडाइ १,८११ मिमी र उचाइ १,५६८ मिमी रहेको छ भने यसको ह्विलबेस २,७०० मिमी रहेको छ।