मुख्यमन्त्री कार्कीले गरे संखुवासभा जिल्ला अस्पताल भवनको उद्घाटन, १०० शय्यामा स्तरोन्नति गर्ने घोषणा
संखुवासभा : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संखुवासभा जिल्ला अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरेका छन्। पहाडी र हिमाली जिल्लाका सरकारी अस्पतालहरूमध्ये यो स्तरको विस्तार र स्तरोन्नति पाउन लागेको संखुवासभा जिल्ला अस्पताल पहिलो र एकमात्र अस्पताल हो। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले अस्पताललाई ५० बाट १०० शय्याको अत्याधुनिक सुविधासम्पन्न प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गर्ने घोषणा गरे।