SHARE
अन्नपूर्ण · शुक्रबार​ २१ कात्िक २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

बर्दियाबाट फुर्केखोलामा आइपुग्यो पन्टुन पुल, तिहारलगत्तै सञ्चालनमा ल्याउने तयारी

धादिङ : भोटेकोशीमा आएको बाढीले धादिङको गजुरी गाउँपालिका-२ स्थित फुर्केखोलाको पक्की पुल बगाएपछि अवरुद्ध सडक सम्पर्क पुनःस्थापना गर्न ल्याइएको अस्थायी पन्टुन पुल फुर्केखोलामा आइपुगेको छ।धादिङका १३ वटै स्थानीय तहको संयुक्त पहल र सहकार्यमा बर्दियाको राजापुरबाट पन्टुन पुल ल्याइएको हो। पुल आइपुगेपछि अब रङरोगन तथा जडानको काम अघि बढाइनेछ। आवश्यक तयारी पूरा गरी तिहारलगत्तै पुल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।