SHARE
अन्नपूर्ण · शुक्रबार​ २१ कात्िक २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

आफ्ना कमजोरी र अक्षमता ढाकछोप गर्न सरकारले कांग्रेसमाथि प्रहार गर्दैछ : महामन्त्री सङ्ग्रौला

काठमाडौं : नेपाली कांग्रेसकी महामन्त्री डिला सङ्ग्रौलाले सरकारले आफ्ना कमजोरी र अक्षमता ढाकछोप गर्न कांग्रेसमाथि प्रहार गरिरहेको आरोप लगाएकी छन्।शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले सरकारले कुनै प्रमाणबिना १८ करोडको डिल भएको भन्ने भाष्य खडा गरेर कांग्रेस सभापति गगनकुमार थापालाई बदनाम गराउन खोजेको उल्लेख गरिन्। आफ्ना काला कर्तुत लुकाउनकै लागि सरकारले थापालाई पक्रिने हल्ला फैलाएको उनको दाबी छ।