SHARE
लोक पथ · शुक्रबार​ २१ कात्िक २०८३ १०:०० AM · 1 मिनेट पढाइ

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । अघिल्लो दिन १२.९५ अंकले घटेको नेप्से परिसूचक आज २.६४ अंकले बढेर २ हजार ६५५.२२ बिन्दुमा पुगेको छ । नेप्से परिसूचक बढे पनि आज कारोबार रकम भने घटेको छ ।