SHARE
लोक पथ · शुक्रबार​ २१ कात्िक २०८३ ०७:३३ AM · 1 मिनेट पढाइ

आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिट सर्वाेच्चमा दर्ता, कात्तिक ३० गते पेशी

काठमाडौं । प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट शुक्रबार सर्वाेच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित उनले हिजो बिहीबार सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन आज दर्ता भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।