तिहारे फूलमा पोखरा आत्मनिर्भरतर्फ
पोखरा : चार वर्षअघिसम्म तिहारका लागि पोखरामा आवश्यक सयपत्री फूलको माग पोखरा र छिमेकी जिल्लाको उत्पादनले थेग्दैनथ्यो। यहाँ उत्पादित सयपत्री फूलले आवश्यकता नधानेकै कारण भारतबाट समेत पोखरामा सयपत्री फूल आयात हुन्थ्यो। सयपत्री फूलमात्र होइन तिहारका लागि प्लास्टिकका मालासमेत विदेशबाट आयातित हुन्थ्यो।