SHARE
अन्नपूर्ण · शुक्रबार​ २१ कात्िक २०८३ ०२:०० AM · 1 मिनेट पढाइ

बैंक धराशायी भएपछि पाराग्वेका राष्ट्रपति स्यान्टियागो पेनाको राजीनामा

काठमाडौं : बैंकिङ संकटसँग जोडिएको राजनीतिक विवाद चर्किएपछि पाराग्वेका राष्ट्रपति स्यान्टियागो पेनाले पदबाट राजीनामा दिएका छन् । बैंक धराशायी भएपछि उत्पन्न विवाद र महाभियोगको प्रक्रिया अघि बढेसँगै उनले राजीनामा घोषणा गरेका हुन् ।पेनाले सामाजिक सञ्जाल एक्समार्फत भिडियो सन्देश जारी गर्दै आफूबाट कुनै गल्ती भएको भए जनतासँग माफी मागेका छन् । जनताले आफूलाई दिएको विश्वासघात गर्ने आफ्नो कुनै मनसाय नरहेको उनको भनाइ छ ।