SHARE
अन्नपूर्ण · बिहीबार २० कात्िक २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

बाँझो जमिनमा ढकमक्क फूल, ६ लाख आम्दानी गर्ने लक्ष्य

तानसेन : बाँझो र प्रयोगविहीन जमिनलाई सदुपयोग गर्दै कृषि व्यवसायबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२ का  आमा ईन्दिरा कोईराला र छोरा खिमराज कोइरालाले प्रस्तुत गरेका छन्।  उनीहरूले चार रोपनी बाँझो जमिनमा व्यावसायिक फूल खेती सुरु गरेर यस वर्षको तिहार तथा दीपावलीको मौसममा करिब ६ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका छन्।