SHARE
अन्नपूर्ण · बिहीबार २० कात्िक २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

झारखण्डमा कोइलाको थुप्रो भासिँदा कम्तीमा तीन जनाको मृत्यु

काठमाडौं : भारतको झारखण्डस्थित बोकारो जिल्लामा पर्ने कथारा कोइला खानीमा कोइलाको थुप्रो भासिएर दुर्घटना हुँदा कम्तीमा तीन जना मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन्। स्थानीय बेर्मोका एसडीपीओ रविन्द्र सिंहले घटनाको पुष्टि गरेका हुन्। उनका अनुसार मृतक तिनै जना महिला रहेका छन् । एसडीपीओ सिंहका अनुसार दुर्घटनास्थल सेन्ट्रल कोलफिल्ड्स लिमिटेड (सीसीएल) अन्तर्गतको 'रिजेक्सन' (खेर गएको) कोइलाको थुप्रो रहेको क्षेत्र हो।