नेपाल बैंक लिमिटेड र फिन्तारा सोलुसन्स प्रालिबीच सम्झौता
काठमाडौं : नेपाल बैंक लिमिटेडले ९० औं वार्षिकोत्सवको अवसरमा बिएनपिएल प्लेर्टफर्ममा आबद्ध भई आफ्ना ग्राहकहरुलाई क्रेडिट कार्डबाट किस्ताबन्दिमा सामान खरिद गर्न सक्ने सुविधाको सुरुवात गरेको छ ।नेपाल बैंक लिमिटेड र फिन्तारा सोलुसनस् प्रा.लि. बिच भएको सम्झौता अनुसार नेपाल बैंकको क्रेडिट कार्ड सुविधा प्रयोग गर्ने ग्राहकले “Buy now pay late” सुविधा प्रयोग गरी १८ महिनासम्मको किस्ताबन्दी सुविधामा सामान खरिद गर्न सक्नेछन् ।