मोदीको सन्देश लिएर आए मिस्री
काठमाडौं : भारतीय विदेश सचिव विक्रम मिस्री बुधबार काठमाडौं ओर्लिँदा उनको आगमनले औपचारिक कूटनीतिक वृत्तमा मात्रै होइन, राजनीतिक वृत्तमा पनि एउटा रोचक चर्चा चलेको छ। परम्परागत कूटनीतिक पहिरन र सामान्य चस्मामा देखिने मिस्री यसपटक कालो चस्मा लगाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिए।कालो चस्मा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को सार्वजनिक पहिचान बनिसकेको छ।