SHARE
अन्नपूर्ण · बिहीबार २० कात्िक २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

अपिहिमाल पर्यटन उत्सव जारी : १० हजार पर्यटक भित्र्याउने लक्ष्य

दार्चुला : अपिहिमाल गाउँपालिकाको आयोजनामा पर्यटन उत्सव सुरु भएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मंगलबार दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित अपिहिमाल आधार शिविरमा आयोजित पर्यटन उत्सव–२०८३ को उद्घाटन गरे। अपिहिमाल क्षेत्रलाई सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित मंगलबारदेखि तीनदिने पर्यटन उत्सव सुरु भएको हो।