बिर्तामोडमा आगलागी : दुई तले घरसहित ६ करोडको सामान जलेर नष्ट
झापा : झापाको बिर्तामोडमा बुधबार बिहान भएको भीषण आगलागीबाट करिब ६ करोड रुपैयाँ बराबरको क्षति भएको छ। आगलागीबाट दुई तले घरसहित इलेक्ट्रोनिक्स पसल, गोदाम र फार्मेसीमा रहेका सामान जलेर पूर्णरूपमा नष्ट भएका छन्।बिर्तामोड नगरपालिका-४ स्थित सिद्धार्थ होटल नजिकै राजेश मण्डलको दुई तले घरमा बिहान १०:४० बजे आगलागी भएको हो। उक्त घरमा सागर घोषले सञ्चालन गरेको शुभलाभ इलेक्ट्रोनिक्स पसलको गोदाम राखिएको थियो।