SHARE
लोक पथ · बुधबार १९ कात्िक २०८३ १२:१४ PM · 1 मिनेट पढाइ

सेयर बजारको साइबर सुरक्षामा सेबोनको नयाँ नीति, अब २४ सै घण्टा निगरानी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा हुन सक्ने साइबर आक्रमण रोक्न नयाँ सूचना प्रविधि नीति लागू गरेको छ । बोर्डले बुधबारदेखि ‘नेपाल धितोपत्र बोर्ड सूचना प्रविधि नीति, २०८३’ लागू गर्दै सेयर बजारसँग सम्बन्धित सबै संस्थालाई साइबर सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिएको हो ।