SHARE
अन्नपूर्ण · बुधबार १९ कात्िक २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

सेयर बजारमा सामान्य अंकको वृद्धि, ७ अर्ब ४३ करोडको कारोबार

काठमाडौं : साताको तेस्रो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यसदिन नेप्से परिसूचक १.४० अंकले बढेर २६६५.५३ विन्दुमा अडिएको हो। साताको दोस्रो सेयर कारोबार दिन मंगलबार नेप्से परिसूचक  ६.६२ अंकले बढेको थियो।  मंगलबार ५ अर्ब ६५ करोडको सेयर कारोबार भएको थियो।नेप्से सामान्य अंकले बढे पनि कारोबार रकम भने मंगलबारको तुलनामा वृद्धि भएको छ।